धुर्मुस सुन्तली अर्थात सिताराम कट्टेल र कुन्जना घिमिरे  निर्मित फिल्म 'म त मर्छु कि क्या हो' को ट्रेलर सार्वजनिक भएको छ l कमेडी जनरामा निर्माण गरिएको फिल्मको ट्रेलरलाई धुर्मुस सुन्तलीकै अफिसियल युट्युब च्यानल (धुर्मुस सुन्तली) बाट सार्वजनिक गरिएको हो l फिल्मको कथा साथै निर्देशन धुर्मुस सुन्तलीकै रहेको छ l शुभानी फिल्म्स ब्यानरमा निर्माण गरिएको फिल्मलाई सुवास बरालले खिचेका हुन् l

मिलन श्रेष्ठको सम्पादन,स्वयतना योञ्जनको कोरियोग्राफी फिल्ममा समावेश छ l पछिल्लो समय धुर्मुस-सुन्तलीले चलचित्र ‘सेन्टी भाइरस’मा अभिनय गरेका थिए । उक्त चलचित्र रिलिज भएको १ वर्ष बितिसके पछि पुनः अभिनयमा फर्किँदै दर्शक माझ 'म त मर्छु कि क्या हो' ल्याएका हुन् l फिल्ममा धुर्मुस-सुन्तलीसँगै बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइरालालगायतले अभिनय गरेका छन् । फिल्मको सम्पूर्ण छायांकन चितवनमा नै गरिएको हो ।