केही महिना देखि नायिकाहरू प्रेग्नेन्सी भएको खबर मिडियामा छ्यापछ्याप्ती आइरहेको छ l नायिका प्रियङ्का कार्की र रिचा शर्मा बाट सुरु भएको समाचार अन्य नायिकाहरूको नाम पनि जोडिएर आउन थाल्यो l उक्त झुटो समाचारको गसिप बनिन् नायिका आँचल शर्मा l यस्तो झुटो समाचार बनेर आउँदा कलाकारहरूको जीवनमा असर परेको उनको भनाइ छ l कलाकारहरूको व्यक्तिगत जीवनलाई लिएर किर्ते खबर मिडिया आउँदा त्यस्लाइ कसरी लिनुहुन्छ भन्ने प्रश्नमा आँचलले आफ्नो अभिव्यक्ति दिएकी हुन् l

 

 

 

प्रेग्नेन्सी भएको खबर मिडियामा आए छ मलाई नै थाहा थिएन l सबै जनाले बधाई छ भन्दै हामीलाई कल् गर्नु भयो l हाँस्दै उनी भन्छिन् l शुभचिन्तकहरूको कल्ल आएसी मात्र थाहा भयो म गर्भवती रहे छु भनेर l जुन दिन हुन्छु त्यो दिन हामीहरू आँफैनै यो कुरा हजुरहरूलाई जानकारी गराउँछौ l साथै उनले यसै प्रसँगमा कलाकारहरू पब्लिक फिगर भएका कारण राम्रो नराम्रो खबर आउनु स्वाभाविक नै रहेको  बताएकी छिन् l तर यस्ता खबरहरूले आफ्नो घरपरिवारहरू साथै आफूहरूको करियरलाई नै असर गर्ने हुँदा बुझेर मात्र समाचार सम्प्रेषण गर्दिदा राम्रो हुने उनको बुझाइ छ l