वरिष्ठ कलाकार हरिवंश आचार्य र मेलिना राईको आवाजमा'माछीले खाने खोलीको लेउ' सार्वजनिक भएको छ l गीतमा दिनेश थपलियाको शब्द र वसन्त सापकोटाको संगीत रहेको छ। विक्रम स्वारको निर्देशनमा नरेन्द्र वियोगीले एरेन्ज र श्याम श्वेत रसाइलीले मिक्सिङ्ग / मास्टरिङ्गमा गीतमा छ l
भिडियोमा वरिष्ठ कलाकार हरिवंश आचार्य, सदाबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धर, अभिनेत्री केकी अधिकारी र अभिनेता पल शाह फिचर रहेका छन्। विक्रम स्वारको कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायाङ्कन, भूपेन्द्र अधिकारी र सुवर्ण दुलालको सम्पादन रहेको छ।