सन् २०१९ मा प्रदर्शनमा आएको तमिल सुपर हिट फिल्म ‘थडम’ को हिन्दी रिमेक निर्माण हुने भएको छ । डेब्यूटेन्ट वर्धनको निर्देशनमा बन्न लागेको रिमेक फिल्ममा अभिनेता आदित्य रोय कपूर लिड रोलमा देखिनेछन् । फिल्ममा उनको दोहोरो भूमिका हुनेछ ।’ टी-सिरिजका भूषण कुमार र मुराद खेतानीले संयुक्त रूपमा निर्माण गर्ने फिल्मको छायांकन यसै वर्षको सेप्टेम्बरबाट सुरु हुँदै छ । तामिल फिल्ममा अरुण विजय, विद्या र तान्या होपे मुख्य भूमिकामा थिए । यो फिल्म एक मर्डरको अनुसन्धानमा आधारित छ, जसको अनुसन्धानको क्रममा पुलिसलाई निकै ठुला समस्या आउँछ । यो केसमा दुई जुड्वा व्यक्ति संदिग्ध बन्छन्, जो एक अर्कासँग पुरै अन्जान हुन्छन् ।