बलिउड नायिका शिल्पा सेट्टीले विभिन्न २९ संस्थामाथि २५ करोड रुपैयाँको मानहानिको मुद्दा दायर गरेकी छिन् । उनले मुम्बइको उच्च न्यायलमा उजुरी दर्ता गराएकी हुन् । राज कुन्द्रा सँग सफ्ट पोर्न केसमा नाम जोडेर आफ्नो छवि बदनाम गराएको आरोप लगाउँदै गुगल, फेसबुक, युट्युब र इन्स्टाग्रामको विरुद्धमा मुद्दा दर्ता गराएकी हुन् । साथै, उनले आफ्नो मानहानि गर्ने सबै विषयवस्तु हटाउन समेत माग गरेकी छिन् । राजकुन्द्राको चर्चा चलेपछि शिल्पाको नाम पनि पछिल्लो समय मिडियाहरूले जोड्दै आइरहेका छन् l