गायक राजेश पायल राईको स्वरमा ‘फर्कन छोरा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । केशव शर्मा दाहालको शब्द तथा संगीत गीतमा रहेको छ l प्रवीण खतिवडाको निर्देशन रहेको भिडियोमा महेश पौडेलको छायांकन र कृष्ण भण्डारीको सम्पादन समावेश छ ।
भिडियोलाई केशव एस.दाहाल अफिसियल युट्युब च्यानलमार्फत हेर्न सकिने छ । कमलमणि नेपाल , सरिता गिरि , घनश्याम जोशी लगायतले भिडियोमा अभिनय गरेका छन् l भिडियोको छायांकन काभ्रेको रयाले, बनेपा, तिनपिप्लेलगायतका स्थानहरूमा गरिएको हो ।