चर्चित हाँस्य कलाकार किरण केसी अर्थात् राता मकैको जग्गा वैद्य माओवादीले कब्जा गरेको छ । वैद्य माओवादीले शनिवार केसीको प्लटिंग गरिएको जग्गामा पार्टीको झन्डा तथा ब्यानर गाडेर कब्जामा लिएको घोषणा गरेको हो l कलाकार केसीको माडी नगरपालिका २ स्थित पौहारीमा रहेको ४० बिघा जग्गा कब्जा गरिएको हो।
माडी नगरपालिका २ स्थित पौहारीमा रहेको जग्गा सकुम्बासीले पाउनुपर्ने भन्दै आफूहरूले कब्जामा लिएको वैद्य माओवादीले जनाएको छ। कलाकार केसीको रियल स्टेट कम्पनी ट्वान्टी वान ग्रुपले सो जग्गा प्लटिंग गरेको हो।