भुवन केसी, दीपाश्री निरौला, स्वस्तिमा खड्का, आकाश श्रेष्ठ फिचर्ड तीज गीत ‘सम्झिने पानी छम्किने’ रिलिज भएको छ । सम्राट् चौलागाइँ, रचना रिमाल, स्मिता दाहाल र ममता गुरुङको स्वर रहेको गीतलाई सम्राट् चौलागाइँले कम्पोज गरेका हुन् ।

विक्रम स्वारको निर्देशन रहेको भिडियोलाई 'सम्राट् चौलागाइ' युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ l नवराज उप्रेतीले भिडियोको दृश्य कैद र वीर बहादुर थारुको सम्पादन म्युजिक भिडियोमा समावेश छ l