चर्चित पप् गायक कृश वुलाई चिनियाँ प्रहरीले पक्राउ गरेको छ l १९ वर्षीय युवतीले बलात्कारको आरोप लगाए पछि प्रहरीले उनलाई पक्राउ गरेको हो l आफू १७ वर्षको हुँदा कृशले आफूमाथि बलात्कार गरेको उनको आरोप छ l सामाजिक सञ्जालमा वुको घरमा आयोजित पार्टीमा आफूलाई बोलाइनुका साथै आफूलाई मदिरा सेवन गराइ बलात्कार गरेको चिनिया सञ्चार माध्यममा उल्लेख छ l युवतीले आरोप लगाएता पनि कृशले पनि उक्त कुरालाई ठाडै अस्वीकार गरेका छन् l " आफू विरुद्ध आरोप लगाइएपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्। "यदि त्यस्तो भएको भए कृपया तपाईँहरू सबै शान्त रहनुस् म आफूलाई जेलमा पठाउने छु।" उनी एक युवतिले मात्र उनलाई आरोप लगाएकी भने हैनन् अन्य दर्जनौँ युवतीहरुले पनि  उनी माथि बलात्कारको आरोप लगाएका छन् l कृशका वकिलहरूले आरोप लगाउने युवतीमाथि मानहानिको अभियोग लगाउने तयारी गरेका छन्।