अभिनेत्री रेखा थापा ३३ वर्ष पुरा भएर ३४ वर्षमा लागेकी छिन् । २०४० सालमा मोरङको सलकपुरमा जन्मेकी रेखाको आज भदौ ५ गते जन्मदिन हो । रेखाले सन् २००१ मा चलचित्र ‘हिरो’बाट रजतपटमा डेव्यु गरेकी थिइन् । मिस नेपालमा समेत सहभागी बनेकी थापा टप टेन फाइनलिस्ट बनिन् । पहिलो चलचित्रबाट नै आफूलाई सिने नगरीमा परिचित गराउन सफल भएकी रेखाले करिब १७ वर्ष नेपाली चलचित्रमा बिताइसकेकी छिन् । उनी अभिनित प्राय चलचित्रहरु सफल छन् । चलचित्रको साथै विवाह सम्बन्ध र राजनीतिक कारणले पनि रेखा मिडियामा छाइरहन्छिन् । रेखा अभिनेत्रीको साथै सफल निर्देशक र निर्मात्री पनि हुन् । आफ्नो प्राय समकालीन मित्रहरू पलायन भइसक्दा पनि नेपाली चलचित्रमा सक्रिय रेखा हाल चलचित्र ‘रुद्रप्रिया’को तयारीमा जुटेकी छिन् । चलचित्रको सुटिङ सकिसकेको छ । आफ्नै ब्यानरमा निर्माण भएको  ‘रुद्रप्रिया’ कात्तिक २ गते रिलिज हुने तयारीमा छन् ।