नायिका सुरक्षा पन्त पछिल्लो समय चर्चामा रहेकी नायिकामध्ये एक हुन् । थोरै फिल्ममा काम गरेता पनि अभिनय अब्बल रहेकै कारण सिने क्षेत्रमा उनको चर्चामा कहिले कमी आएको छैन l भिजे हुँदै अभिनय क्षेत्रमा आएकी सुरक्षा इन्जिनियरिङकी विद्यार्थी हुन् । उनले फिल्म ‘अझै पनि’ बाट नेपाली फिल्म क्षेत्रमा पाइला चालेकी थिइन् । तर उनको चर्चा खगेन्द्र लामिछानेको फिल्म ‘धनपति’ बाट हुन थालेको हो । यो फिल्मबाट उनले राम्रो तारिफ पनि पाइन् । खासै नबोल्ने, विवादमा आउन नचाहने सुरक्षा कहिले काहीँ आफ्नो बिचारहरू सामाजिक सञ्जालमा पोख्छिन् l खर्रो पाराले आफ्नो अभिव्यक्ति सञ्जालमा लेखेता पनि उनी विवादको घेरामा भने कहिले पनि पर्दिनन् l उनै नायिका पन्त आफूलाई विवादमा आउन मन नलाग्ने बताउँछिन् l पब्लिक फिगर भएकै कारण पनि कलाकारहरू मान् मर्यादामा बस्नु पर्ने उनको भनाइ छ l
पन्त भन्छिन् म विवादमा आउन जान्दिन l हाँस्दै उनी थप्छिन् त्यो प्रतिभा म मा छैन l कहिले काहीँ आफ्नो विचारहरू सञ्जालमा लेख्दा चाहिँ सिने लाइनकै मान्छेहरूले चाहिँ बोल्नु हुन्छ l तर केही बिचार लेख्दा चाहिँ आफू उक्त कुरा फिल्टर गरेर चाहिँ लेख्न नसक्ने उनको प्रतिक्रिया छ l यदि कुनै पनि गम्भीर कुरा छ र त्यसमा आफूलाई बोल्न मन् छ भने त्यो बोल्न पाउनु पर्छ l आफ्नो व्यक्तिगत जीवनमा यदि कुनै कुरा चित्त बुझ्दैन भने त्यो कुरा बोल्न पाउनु स्वाभाविक नै हो l हामीहरू सधैँ प्रेरणाको श्रोत खोज् छौ l राज्नितक, डाक्टर कुनै पनि पेसामा l तर धेरै अपेक्षा चाहिँ कलाकारिता पेसामा नै गरिन्छ l यो कारणले पनि कलाकारहरू धेरै विवादमा तानिनुहुन्छ l कलाकारहरूले सोच् बिचार गरेर बोल्न एकदमै जरुरी छ l यदि केही कुरा बोल्दा यसमा बोल्नु कत्तिको जायज छ भनेर सोच्नु पर्छ l कति कुरा त आफ्नो व्यक्तिगत धारणाले लेखिएको र बोलिएको हुन्छ l त्यसैले हरेक कुरालाई दर्शकले विवादको रूपमा पनि लिनु हुन् l यो कुरालाई दर्शक र कलाकार दुवैले बुझ्न जरुरी छ l