अनीश अधिकारी र रचना रिमालको स्वरमा रहेको ‘जाउँ न कान्छी जाउँ’ बोलको गीत सार्वजनिक भएको छ । गीतको शब्द तथा संगीत गायक अनिशकै रहेको छ l सुबोल थापाको निर्देशन र कोरियोग्राफी रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् ।

भिडियोमा मोडेल सुधीर श्रेष्ठ र गीता ढुंगाना फिचर्ड छन् l अरुण थापा मगरद्वारा निर्मित भिडियोका सह-निर्माता आर्यन कार्की हुन् । सार्वजनिक भिडियोलाई अभिगमन एन्ड एन्टरटेन्मेन्ट मार्फत हेर्न सकिने छ l