कलाकार किरण केसी (राता मकै) लाई 'वासुदेव लुइँटेल पुरस्कार०७७' प्रदान गरिने भएको छ। केसीलाई कदर पत्रसहित १ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार दिने वासुदेव–विद्यादेव लुइँटेल गुठीले हाँस्य व्यङ्ग्य निर्णय गरेको हो। पुरस्कार गुठीले वासुदेव लुइँटेलको जन्मदिनको आसपासमा एक कार्यक्रमको आयोजना गरी अर्पण गर्ने गरेको छ ।हाँस्यव्यङ्ग्य साहित्य, कला र अभिनयको क्षेत्रमा कार्यरत सिर्जनशिल प्रतिभाहरूमध्येबाट एक जनाको छनोट गरी गुठीले यो पुरस्कार प्रदान गर्दै आएको छ l कोरोना महामारीका कारण गत वर्ष यो सम्मान प्रदान गर्न सकिएको थिएन। पुरस्कार समय अनुकूल भएसम्म आगामी भदौ महिनामा प्रदान गरिनेछ।