फिल्म 'लव सर्कल'को फर्स्ट लूक्स सार्वजनिक गरिएको छ l पोस्टरमा नायक मुकुन भुसाल , नाजिर हुसेन , दले दाइ(सुमन कोइराला), रिस्ता बस्नेत, रवीन्द्र झा र पवित्रा आचार्यलाई देखाइएको छ l मि टिभीको प्रस्तुतिमा निर्माण भएको यो फिल्मलाई ओम प्रकाश अग्रवाल र रोशन पौडेलले निर्माण गरेका हुन् । कमेडी र सस्पेन्स थ्रिलर जनरामा बनेको फिल्मको निर्देशन वसन्त निरौलाले गरेका हुन् । फिल्म आगामी २९ गतेदेखि डिश होम सिनेमा घर च्यानल नम्बर ५५५ मा प्रदर्शन हुने छ l त्यसपस्चात फिल्मलाई दर्शकले अन्य ओटीटी प्लेटफर्ममा पनि हेर्न सक्नेछन् l अंकित बाबु अधिकारीको संगीत, विनय पौडेलको मुख्य सहायक निर्देशन, अभिमन्यु निरवीको लेखन, राजेन्द्र मोक्तानको कलर, दिव्य सुबेदीको छायांकन, पवित्रा आचार्यको कोरियोग्राफी तथा शाहील खान र मिलन श्रेष्ठको सम्पादन फिल्ममा रहेको छ। पछिल्लो समय कोरोनाका कारण शून्य बनेको फिल्म क्षेत्रलाई चलायमान गर्न भने पनि निर्माता -निर्देशकले बैकलपिक बाटो रोज्दै ओटीटी प्लेटफर्ममा फिल्म रिलिज गर्ने गरेका छन् l