भारतीय चर्चित म्युजिक कम्पोजर अनु मलिक माथि राष्ट्र गानको धुन चोरेको आरोप लागेको छ l फिल्म 'दिल्जले' मा 'मेरो मुलुक मेरो देश' बोलको गीतमा इजरायलको राष्ट्र गानको धुन मिल्न गएको भन्दै उनी माथि चोरीको आरोप लगाइएको हो l हालै भएको ओलम्पिकमा धुन बजाउने क्रममा अनु मलिकको दिल जलेको धुन हुबहु मिलेको ठहरिएको हो l अहिले उनको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । भारतमा रहेका ओलम्पिक फ्यानहरूले उक्त खेल हेरिरहेका थिए । इजरायलको राष्ट्र गान बज्दा फिल्म दिल जलेको ट्युन बजेपछि प्रसङ्ग सुरु भएको थियो । जापानमा जारी टोकियो ओलम्पिकमा इजरायलले आइतबार दोस्रो गोल्ड मेडल जितेको थियो । सोही क्रममा इजरायलको खेलाडीका सम्मानमा इजरायलको राष्ट्र गान बजाइएको थियो । बलिउड स्टार अजय देवगनको फिल्म दिल जले मा मुख्य भूमिकामा छन् l साथै यस् फिल्म १९९६ मा प्रदर्शनमा आएको थियो l