कलेज नेपालका कलाकार जिवेश गुरुङको आवाज र शब्द रचना रहेको गीत 'ससुराली जाने हो' रिलिज भएको छ l कमेडी शैलीमा तयार पारिएको गीतमा संगीत संयोजन जीवन बाडुको रहेको छ l भिडियोको सम्पादन पवन सुस्लिङले गरेका छन् l साथै भिडियो दृश्य कैद पनि पवनकै रहेको छ l
भिडियोलाई जिवेशको अफिसियल युट्युब च्यानल 'जिवेश म्युजिक'मा हेर्न सकिने छ l बिनु अधिकारी,प्रवेश सिंह, रोशन पाण्डे सँगै स्वयम जिवेशले पनि भिडियोमा अभिनय गरेका छन् l