नेपाली हरर फिल्म ‘कठपुतली’ अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभलमा छनौट भएको छ ।  ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिसन’मा कठपुतली आधिकारिक रूपमा छनौट भएको हो l आउँदो सेप्टेम्बर २३ देखि अक्टोबर २ सम्म चल्ने फेस्टिभल न्युवर्कको ‘सिनेमा भिलेज थिएटर १’ मा आयोजना हुँदै छ । फिल्मलाई निर्देशक भीमसेन लामाले निर्देशन गरेका छन् l यस् फिल्मको कथा  सम्पदा मल्लले लेखेकी हुन् l फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनको स्टुडियोमा भएको हो l फिल्मका निर्माता पृथ्वी राना मगर हुन् भने सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको फिल्ममा अभिनय छ । पृथ्वी राना प्रोडक्सनको ब्यानरमा ‘कठपुतली’ निर्माण भएको हो l  यो फिल्म सेप्टेम्बर २६ तारिखका दिन स्क्रिनिङ हुने ‘विन्टर फिल्म अवार्ड’ को वेबसाइटमा उल्लेख छ ।