लामो समय पछि अभिनेता तथा रङगकर्मी विपिन कार्की रंगमञ्चमा देखिएका छन् l झन्डै चार वर्षअघि 'हरियो ढुंगा' नाटकमा अभिनय गरेका उनले त्यस्पस्चात कुनै पनि नाटकमा अभिनय गरेका छैनन् l फिल्ममा काम गरेका उनी पछिल्लो समय न्यून रूपमा नाटकमा उपस्थित भइरहेका छन् l गत चैत्रमा कार्कीले सुनिल पोख्रेलको नाटक 'अर्को अर्थ नलागेमा' र 'पल्पसा क्याफे' गर्ने खबर थियो l यी दुवै नाटकको उनले रिहर्सल पनि गरेका थिए l तर समय नमिले पछि दुवै नाटक बाट बाहिरिनु परेको थियो विपिन l पुनः उनी कोरोनाको समयको सदुपयोग गर्दै नाटक 'अनुपस्थित तीन' मा देखिएका छन् l प्रख्यात फ्रान्सेली लेखक जाँ पाल सार्त्रले लेखेको नाटक घिमिरे युवराजको निर्देशन-परिकल्पनामा हिजो सोमबारदेखि शिल्पी थिएटरमा मञ्चन भएको छ । यो नाटक अवतार पाठकले नेपालीमा अनुवाद गरेका हुन्। नाटकमा तीन पात्र छन् विपिन कार्की उर्फ आजाद, उषा रजक उर्फ इच्छा, र पवित्रा खड्का उर्फ अभिलासा l नाटक साउन १८, १९ र २० गरी तीन दिन लगातार शिल्पीको ‘गोठाले नाटक घर’ र फेसबुक लाइभमा ५ः३० बजे मञ्चन हुँने छ l कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै प्रत्येक पटकको मञ्चनमा मात्रै ४० जना दर्शकलाई नाटक हेर्ने व्यवस्था मिलाइएको छ ।यसका साथै यो नाटक १६ वर्षभन्दा माथिको उमेर समूहका दर्शकले मात्रै हेर्न पाउने छन् l