केही समय अघि विश्वकै चर्चित विश्वविद्यालय हारवर्डमा अध्ययन गर्ने बताएकी पूर्व मिस नेपाल शृङ्खला खतिवडा अमेरिका प्रस्थान गरेकी छन् l गत सोमबार अध्ययनका लागि उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् । हारवर्ड विश्वविद्यालयमा अर्बन प्लानिङ अर्थात् सहरी विकास विषयमा स्नातकोत्तर अध्ययनको लागी उनलाई बिदा गर्न परिवार सहित प्रेमी सिसन बानियाँ त्रिभुवन विमानस्थलमा पुगेका थिए l उनले हारवर्डबाट अध्ययनको लागि स्वीकृति पाएसँगै सामाजिक सञ्जाल मार्फत खुसी समेत साटेकी थिइन् ।
विउटी विथ ब्रेन को उपमा पाएकी उनको विशेष त सौन्दर्यताको चर्चा हुने गरेको छ l मिस नेपाल विजेता बनेपछि चर्चामा छाएकी उनले मिस वर्ल्डमा समेत नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।