नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको पाँचौ अधिवेशनमा खगेन्द्र प्याकुरेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । कोरोनाको त्रास बिच पनि सामाजिक दुरी कायम गरी आयोजना गरीएको अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा ऋषिराज आचार्य,महिला उपाध्यक्षमा सरिता भारतीले ठाउँ लिएका हुन् l यसै गरी संगठनमा उपाध्यक्षमा दयाराम घिमिरे र कार्यक्रम उपाध्यक्षमा सुवास बुढाथोकीलाई राखिएको छ l साथै महासचिवमा राजन थापा,सचिवमा प्रदिप वास्तोला,सह–सचिवमा सुरेशकुमार राउत,कोषाध्यक्षमा कमला कुमारी जोशी,सहकोषाध्यक्षमा प्रवण भुसाल,प्रवक्तामा कल्याण अधिकारी रहेका छन् l भने, केन्द्रीय सदस्यमा गोपाल ढकाल, तुलसा कटुवाल,साक्षी लम्साल,प्रेम पाण्डे,केन्द्रिय सदस्य कृष्ण भट्टराई ,सुष्मा देवकोटा, र डेविल सिंह राजपुत चयन भएका हुन् । राष्ट्रगानका रचनाकार व्याकुल माइला,चलचित्र निर्देशक माधवराज खरेल लगायतको उपस्थिती रहेको कार्यक्रममा वरिष्ठ चलचित्र निर्देशक मोहन निरौला र सञ्चारकर्मी शान्ति प्रियलाई संगठनले मानार्थ सदस्यता समेत प्रदान गरिएको थियो l