हास्य कलाकार सुलेमान शंकर उर्फ 'इकु' को निर्देशन रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ l ओ एस् आर डिजिटल युट्युब च्यानल बाट सार्वजनिक गरिएको 'जिउनु छ साथमा' प्रताप दास र अस्मिता अधिकारीले आवाज दिएका छन् l गीतको शब्द तथा संगीत ज्ञानेन्द्र गिरीको रहेको छ l
पवन सुस्लिङले खिचेको भिडियोमा नायक पुष्प खड्का,प्रकृति घिमिरे र छत्र श्रेष्ठ फिचर्ड छन् l भिडियो कन्सेप्ट निर्देशक मुस्कान ढकालको रहेको छ l सन्देश शाहको सम्पादन र राजेन्द्र मोक्तानको कलर संयोजन भिडियोमा समावेश छ l