भारतीय चर्चित रियालिटी सो 'बिग बोस' अब निर्देशक करण जोहारले होस्ट गर्ने भएका छन् l अगस्ट ८ बाट प्रसारण हुने सो १५ औ सिजनमा आइपुगेको छ l यस अघिका सोहरु सलमान खानले होस्ट गर्दै आइरहेका थिए l तर यस पटक भने सलमानले आफू बाहिरिएर करणको हातमा बिग बोस थमाइदिएका हुन् l करणले सलमानले भन्दा आफूले फरक तरिकाले सो सञ्चालन गर्ने जनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।  सो लाई यस पट्क  फरक तरिकाले प्रसारण गरिँदै छ l बिग बोस ६ हप्तासम्म ओटीटीमा रिलिज भइसकेपछि मात्रै १५ ओटा कार्यक्रम टेलिभिजनबाट प्रसारण हुनेछ। सो बुट नामक एपमा प्रदर्शन हुँदै छ। भारतीय सो बिग बोस नेपालमा पनि लोकप्रिय रहेको छ l