नायिका गरिमा पन्त आमा बनेकी छिन् । बेल्जियममा रहेकी गरिमाले छोरीलाई जन्म दिएकी हुन् । सामाजिक संजालमाफर्त उनी आफैले यो कुराको जानकारी दिएकी हुन् ।गरिमाले छोरीको नाम 'प्रिषा' राखिएको समेत सामाजिक संजालमा उल्लेख गरेकी छिन् । सामाजिक सञ्जाल इन्स्टामा छोरी र श्रीमान् सँगको तस्बिर राख्दै 'तिम्रो आगमनले हामी धन्य अनि भरिपूर्ण भएका छौँ ।छोरी प्रिषा, तिमीलाई यो सुन्दर धर्तीमा स्वागत छ'भनेर खुसी व्यक्त गरेकी छिन् l कमेन्टमा शुभचिन्तकहरू बाट गरिमालाई बधाईको ओइरो आएको  छ l

Cine pati

गरिमा फिल्म क्षेत्र छोडेर बेल्जियममै आफ्ना श्रीमानसँग बस्दै आएकी छिन्। नेपाली चलचित्र क्षेत्रमा एकदमै चर्चित नायिकाको छवि बनाएकी गरिमाले बेल्जियमका नेपाली व्यवसायी हरि थपलियासँग विवाह गरेकी थिइन्। विवाह पछि चलचित्र क्षेत्रबाट उनी टाढा रहिन्।