बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री जान्हवी कपूर पुनः दोश्रो पटका एउटै स्क्रिनमा देखिने भएका छन् l शरण शर्माको निर्देशन रहने आगामी फिल्ममा यी दुई देखिने भएका हुन् l हाल् फिल्मको नाम भने सार्वजनिक गरिएको छैन l भारतीय संचारको अनुसार यो जोडीले फिल्ममा क्रिकेटरको भूमिका निभाउँदै छन् l यसका लागि उनीहरूले चाँडै क्रिकेटको ट्रेनिङ लिँदै छन् । यस अघि हरर-कमेडी फिल्म ‘रूही अफ्जा’ मा काम गरेर दर्शकको मन जितिसकेका राज र जान्हवी फेरी सँगै देख्न पाउने खबरले फ्यानहरू उत्साहित छन् l यसै वर्ष ओटीटी प्लेटफर्ममा ‘रूही अफ्जा’रिलिज भएको थियो l  हाल् जान्हवी फिल्म ‘हेलन’ को छायांकन सुरु गर्ने तयारीमा छिन् । त्यस्तै, राजकुमार राव यति बेला नेटफ्लिक्सको फिल्म ‘मोनिका : ओ माई डार्लिङ’ को छायांकनमा व्यस्त छन् ।