नायक आर्यन सिग्देलको आज जन्मदिन परेको छ । सन् १९८४ अगस्ट ५ तारिखका दिन जन्मिएका आर्यन आजबाट ३७ पार गरी ३८ वर्षमा लागेका छन् । उनको न्वारनको नाम हरिकृष्ण सिग्देल हो । सुर्खेतबाट सब परिवार सहित काठमाडौँ बसाइ सरेका आर्यन पछिल्लो दिनमा फिल्ममा अलिक कम मात्रैमा नै देखिए पनि एक समय एकछत्र राज गर्न सफल भएका हिरो हुन् ।चकलेटी हिरोको उपमा पाएका आर्यनले ‘किस्मत’ चलचित्रबाट डेब्यु गरेका थिए । भने, 'मेरो एउटा साथी छ' मा काम गरेपछि आर्यनको उचाइ ह्वात्तै आकासियो ।मौसम, हिफाजत, फर्स्ट लभ, द फ्ल्यास्ब्याक, कोही मेरो, कसले चोर्यो मेरो मन लगायत दर्जनौँ फिल्ममा अभिनय गरेका आर्यन विवाहपछि भने अभिनय क्षेत्रबाट केही ओझेल परेका हुन् की भन्ने दर्शकको गुनासो छ । एक छोराका बाबु आर्यनले चार वर्षको प्रेम सम्बन्धपछि सपना भण्डारीसँग विवाह गरेका थिए ।