राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठाले आफूलाई सदस्य बाट आजीवन बहिस्कार गरेको भन्दै दुर्गेशले आक्रोश पोखेका छन् l राष्ट्रिय लोक तथा दोहोरीले आफू माथि चालेको कदमलाई मध्यनजर गर्दै उनले 'बहिष्कार' बोलको गीत निकाल्ने भएका छन् l अरूले अपाच्य हुने शब्द राखेर गीत बनाउँदा दोहोरीले मतलब गर्दैन र आफ्नो गीत आउँदा चाहिँ बारम्बार हटाउने माग राखेको उनको गुनासो छ l दुर्गेश लेख्छन्, समयसँगै हरेक पल नयाँ पलहरूको जन्म हुन्छ । ती नयाँ पलहरूलाई उपलब्धि मूलक बनाई जीवनको सार्थकता बुझ्न प्रयास गरिरहेको हर मानवमा एउटा मात्र लक्ष्य हुन्छ जीवन कलात्मक बाँचौँ खुसी संगालेर बाँचौँ । आफ्नाहरूको मायामा पुल्कित भएर प्रेमिल जीवन बाँचौँ । तर मानव नै मानवको रक्षक भक्षक दुवै रहेछ । म चाहन्छु मेरो कारणले कसैको बाँच्न पाउने अधिकार नखोसियोस् । आज मेरो अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाइरहँदा प्रत्यक्ष दोहोरीका सुन्नै नसकिने छाडा गीतहरूलाई स्वतन्त्र छोडिएको छ । मेरो गीत न लोक न दोहोरी तैपनि नियोजित तवरले जबरजस्त शब्दलाई अश्लील परिभाषा गरेर प्रतिष्ठानले अर्को शब्दकोश निर्माण गरेको छ, जुन दुखद छ । परिवर्तनलाई स्वीकार गर्न नसक्नेहरू भर्चुअल गतिमा लतारिएको देखेर कठै बाहेक केही भन्न सकिन प्रतिष्ठानका सभ्य र संस्कारिक ४१००० सदस्य हरूको जीवन हजार वर्ष को होस् शुभकामना ।
साथै उनी लेख्छन् हिजो बद्री पंगेनीले पिएन क्याम्पस , ब्युटी नम्बर वान् र ससुरालीमा हिजो प्रजापति पराजुली ले लाल साडी मे हिन्दी भाषा मा गाएका छन् कोमल वली पोईला जान पाम, देखी कुमार बस्नेत का आमा भन्दा छोरी तरुनी,सबै प्रतिष्ठान संस्थापक सल्लाहकार र निवर्तमान अध्यक्ष हुन यस्ता धेरै उदाहरण छन् जो आफैमा बिरोधाभाष छन्”, lदुर्गेशलाई गत बुधवार दोहोरी प्रतिष्ठानले आजीवन बहिस्कार गरेको थियो l