चलचित्र ‘रोमियो’को नयाँ लिरिकल गीत सार्वजनिक भएको छ। एचआरके प्रोडक्शनको र एसको प्रस्तुतिमा तयार भएकोे चलचित्र ‘रोमियो’मा समावेश ‘तिम्रो यादमा’ बोलको गीतको लिरिकल अडियो सार्वजनिक गरिएको हो । कुर्वान अलि खान र अमृता लिम्बुको आवाज रहेको सार्वजानिक गीतमा कुर्वान अलिको शब्द तथा सङ्गीत रहेको छ । शङ्कर कार्कीको निर्देशन रहेको रोमियोमा हसनराजा खान, निशा अधिकारी, ओसिमा बन’, मेलिना मानन्धर लगायतका कलाकारको अभिनय रहेको छ । प्रेमकथामा आधारित रहेको ‘रोमियो’मा मिलन सापकोटा कार्यकारी निर्माता हुन भने साहिल खानको सम्पादन रहेको छ । त्यस्तै रामेश्वर कार्कीको छायाङ्कन, किरण माइकलको लेखन, अष्ट महर्जनको एक्सन रहेको छ  । चलचित्र कात्तिक १७ गते नेपालभर प्रदर्शनमा आउँदै छ ।