टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’को चौथो संस्करण सुरु हुने भएको छ । अभिनेता अनुप विक्रम शाहीले चौथो संस्करण हुने जानकारी आफ्नो सामाजिक सञ्जाल मार्फत दिएका हुन् l तस्बिर सार्वजनिक गर्दै उनी लेख्छन् 'रोडिज ४ कमीङ सून' l तस्बिर हेर्दा यस पटक पनि तेश्रो संस्करणकै जजहरूको उपस्थिति रहने बुझिन्छ l अनुप विक्रम शाही, समन श्रेष्ठ, दिया मास्के, आशिष् राना लाहुरे र समन श्रेष्ठ ग्याङ लिडर रहेका छन् ।‘हिमालय रोडिज’ चर्चित भारतीय कार्यक्रम ‘एमटिभि रोडिज’को नेपाली संस्करण हो । यस कार्यक्रमका निर्देशक रहेका छन् अमन प्रताप अधिकारी l कार्यक्रम हिमालय टेलिभिजन तथा रोडिजको युट्युब च्यानलबाट पहिलो संस्करण देखी नै प्रसारण हुँदै आइरहेको छ  । रोडिजको तेश्रो सिजनका विजेता सुजन सुवेदी रहेका थिए l