नायक पल शाह र गरिमा शर्माको केमेस्ट्रीलाई दर्शकले म्युजिक भिडियोमा एकदमै रुचाएका छन् l यस कारण पनि म्युजिक भिडियो निर्माता निर्देशकले गरिमा र पलको जोडीलाई झन् बलियो बनाउनका लागी म्युजिक भिडियोमा व्यस्तता दिलाइनै रहन्छन् l अन्य मोडल सँग जोडी बाँधेर गरिएको भिडियो भन्दा गरिमालाई पल सँग गरेको भिडियोले करियरलाई फाइदा पुर्‍याएको छ भन्दा फरक नपर्ला l यी जोडीले हाल सम्म थुप्रै  म्युजिक भिडियोमा काम गरी सकेका छन् lप्राय: म्युजिक भिडियोले सफल्तानै पाएको छ l साथै ती भित्रका पनि कति म्युजिक भिडियोलाई दर्शकले लाखौँ पटक हेरेका छन् l 

Cine pati

१ पर्दैन पर्दैन : पल र गरिमा अभिनीत यस भिडियो हिट म्युजिक भिडियोहरू मध्य एक पर्दछ l श्रीमान् श्रीमतीको भूमिका निभाएको यस म्युजिक भिडियोलाई दर्शकले ३ मिलिएन पटक हेरेका छन् l साथै कमेन्टमा पनि यस गीतले राम्रो प्रतिकृया पाएको छ l यस गीतको शब्द रचना सरोज ओलीको रहेको छ l गीतमा आवाज भने बेनिशा पौडेल र सुरेश लामाले दिएका छन् l 


२:थारु भाषामा रहेको'दिन गिन गिन' लाई पनि दर्शकले अत्यन्तै रुचाएका छन् l हाल सम्मा यो गीतले युट्युबमा ६ मिलिएन भ्युजको आँकडा पार गरेको छ l गीतमा आवाज अनु चौधरी र नरेश जोगिले दिएका छन् l

Cine pati

३: यस्तै हिट म्युजिक भिडियो मध्य अर्को छ (भिटामिन यु) l विष्णु माझी र कुलेन्द्र बिशोकर्माको आवाज रहेको यस गीतले पनि दर्शकको अत्यन्तै माया पाएको छ l यस भिडियोले पनि ४ मिलिएन भ्युजको आँकडा पार गरिसकेको छ  l भिडियोमा पल र गरिमाको अलावा दुर्गेश थापाको पनि न्रित्य रहेको छ l

४ :'लाली ओठै'मा बोलको म्युजिक भिडियोले पनि दश लाख भ्युज पाएको छ l यस गीतमा स्वरूप राज आचार्य र रचना रिमालको आवाज समावेश छ l 

Cine pati

५: केही हप्ता अघि मात्रा रिलिज भएको गीत 'भण्डारीको गोठ'मा पनि गरिमा र पलले जोडी बाधेका छन् l यस गीत पनि पछिल्लो समय हिट गीतकै सूचिमा पर्दछ l हाल सम्म म्युजिक भिडियोलाई ४ लाख दर्शकले हेरिसकेका छन् l 


६: म्युजिक भिडियो 'तामा पितल'लाई ६ मिलिएनले हेरी सकेका छन् l यस भिडियोमा गरिमा र पलको केमेस्ट्रीलाई दर्शक अत्याधिक रुचाएका छन् l
 

Cine pati

७ :कमल खनाल र अन्जु पन्तको आवाजमा समावेश म्युजिक भिडियो 'रुमाल' लाई पनि दर्शकले ८ लाख पटक हेरेका छन् l जसमा दर्शकले पल र गरिमाको न्रित्यको एकदमै तारिफ गरेका छन् l