अभिनेता आर्यन सिग्देल फिचर्ड म्युजिक भिडियो 'जब तिमी राम्री लाग्यो' सार्वजनिक भएको छ l आर्यनको जन्मदिनको अवसर पारेर भिडियोलाई  इन्टरनेट सार्वजनिक गरिएको हो l गीतमा सनुप पौडेलको आवाज रहेको छ l अनिल शर्माले गीतको शब्द कोरेका छन् l सुशान्त गौतमको लय सिर्जना रहेको भिडियोको सम्पादन डिन्सन शाहले गरेका छन् l

भिडियोको निर्देशन विशाल सापकोटाले गरेका हुन् l आर्यनलाई अभिनयमा किरण चन्दले साथ दिएकी छिन् l भिडियोको दृश्य कैद उज्ज्वल जोशीले गरेका हुन् l