गायक निशान भट्टराई र गायिका बेनिशा पौडेलको स्वरमा ‘तिम्रो माया’ बोलको गीत सार्वजनिक गरिएको छ । मन्दिरा ढुंगेलको शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ । भिडियोको निर्देशन राजेश पुमा राईले गरेका हुन् । 

रोमान्टिक गीतको भिडियोमा मलिका महत र कुन्साङले मोडलिङ गरेका छन् । भिडियो सम्पादन विकास दाहालको रहेको छ l उत्सव दाहालले भिडियोको छायाङ्कन गरेका हुन् l