म्युजिक भिडियो हुँदै फिल्ममा आएकी अभिनेत्री हुन्,मलिका महत । पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त रहेकी महतले फिल्म ‘यात्रा’ बाट आफ्नो करियरलाई ठुलो पर्दा ढकालिन् l तर अपसोच पहिलो गासमानै उनलाई ढुङ्गा पर्यो l उक्त फिल्मले पानी पिउन नपाएपनी मलिकालाई फिल्मको अफर आउन भने छोडेको छैन l हालै उनलाई अर्को फिल्ममा पनि अफर आएको छ l फिल्म रहेको छ ‘नाइँ नभन्नू ल ’को छैटौँ सिरिजमा l यो कुरा उनी स्वयंले खुलाएकी हुन् । अफर आएको भए पनि कागजी सम्झौता नभइसकेको उनको भनाइ छ । म्युजिक भिडियोबाट दर्शकको ठुलो वर्गमा चिनिएकी मलिकाले लकडाउनयता प्रतिष्ठित ब्यानरबाट फिल्म अफर पाइरहेकी छन् । डेढ दशक अगाडिको सुपर हिट फिल्म ‘पर्खी बसेँ’ को सिक्वेलमा मुख्य नायिकाको प्रस्ताव पनि उनैलाई आएको थियो । फिल्ममा उनको जोडी पल शाहसँग बाँध्ने तयारीमा गोपीकृष्ण छ । तर, पल र मलिकाले यो फिल्म साइन भने गरिसकेका छैनन् । आफू दुवै फिल्मको टिमसँग निरन्तर छलफलमा रहेको उनको भनाई छ ।उनले फिल्म ‘पानी फोटो’मा पनि काम गरेकी छिन् l जुन फिल्म कोरोनाका कारण प्रदर्शनमा आउन सकेको छैन l