यसअघि ‘फूल बुट्टे सारी’ बोलको गीतको कभर गीत सार्वजनिक गरेका पञ्जाबी गायक लकी सिद्धुले लोकप्रिय नेपाली गीत ‘टुङनाको धुन’को कभर गीत सार्वजनिक गरेका छन् । गायक इन्द्रजित मिजारको स्वर, तुलसी घिमिरे र कुसुम गजमेरको शब्द रहेको गीतमा संगीत रञ्जित गजमेरको संगीत रहेको छ l
भिडियोमा प्रज्ज्वल भट्टराई, उत्सव ढुंगेल, गेम्मा र ग्रातसीएलाको अभिनय छ । जी एन एस जोन्नीले भिडियोको निर्देशन गरेका हुन् lगीतको भिडियो संसार ब्ल्ग प्रोडक्सनले निर्माण गरेका हुन् ।