नायक श्रीकृष्ण श्रेष्ठ अहिले यो संसारमा जीवित छैनन् l तर उनले जीवन्त अभिनय गरेका फिल्महरूले उनी यस संसारमा बाचिरहेकै आभास गराउँछ l उनको अभिनय र फिल्महरूमा उनले निभाएको पात्रहरू युगौयुग सम्म फिल्महरूको कथामा बाचि नै रहनेछ l मिजासिला स्वभावका उनले जीवनमा त्यस्ता केही नकारात्मक टिप्पणी पाएनन् l जसले उनको सम्झनालाई धमिलो बनाइदिओस् l असल स्वभावका कारण उनी धेरैको स्मृतिमा अझै छाइरहेका छन् l वि:स २०२४ साला पुष २४ गते काठमान्डुको बागबजारमा श्रीकृष्ण जन्मिएका हुन् l साथै वि:स २०७१ साल साउन २४ गते श्रेष्ठले यस संसार बाट बिदा लिएका थिए l यधापी उनको मृत्युको घोषणा भने साउन २५ गते बिहान मात्र गरिएको थियो l वि:स २०४५ सालमा फिल्म भुमरीबाट सिने क्षेत्रमा पाइला टेकेका थिए l त्यसपछि 'कसम' फिल्ममा सहनायकको रूपमा खेलेका उनले पहिलो पटक वि:स २०५१ मा विश्व बस्नेत निर्देशित 'नाता' फिल्म बाट नायकको रूपमा अभिनयको थालनी गरेका थिए l फिल्म 'नाता' सँगै करिब सय भन्दा बढी फिल्म खेलेका श्रीकृष्णको धेरै फिल्मले बक्स अफिसमा तहल्का मच्चाएका छन् l उनको अन्तिम फिल्म 'कोहिनुर' सुपर-सुपर हिट भएको थियो l नेपाली फिल्म इतिहासमै कोहिनुर करिब दश करोड कमाउने पहिलो फिल्म बनेको थियो l आफन्त , हामी तीन भाइ ,ए मेरो हजुर ,सुन चादि, कहाँ भेटिएला,लगायत फिल्महरूमा अभिनय गरेका थिए l कयौँ सुपर हिट फिल्महरू मध्य हेर्नै पर्ने ५ फिल्महरू बारे आज हामी चर्चा गर्दै छौ l

नेपाली कथानक फिल्म 'ए मेरो हजुर' स्वर्गीय श्रीकृष्ण श्रेष्ठका सुपर हिट फिल्महरू मध्यको एक फिल्म हो l गरिब परिवारमा जन्मिएका अभिसेक पात्रको रूपमा फिल्ममा देखिएका श्रेष्ठको यो फिल्मले पारिवारिक प्रेमको महत्त्व र पारिवारिक अन्तरसम्बन्धलाई उजागर गरेको छ l यस फिल्ममा नायक श्रीकृष्ण श्रेष्ठ सँगै नायिका झरना थापा, गणेश उप्रेती, किरण केसी , वीरेन्द्र हमाल लगायत कलाकारहरूको अभिनय रहेको छ l फिल्ममा स्वर्गीय शिव रेग्मीको निर्देशन तथा लेखन रहेको छ l सुनिल कुमार थापाले यस फिल्मको निर्माण गरेका हुन् l

'सुख दुःख' नायक श्रीकृष्ण श्रेष्ठको अभिनय रहेको यस फिल्म पनि हिट फिल्महरूकै सूचिमा पर्दछ l बुढेसकाल लागेका आफ्ना आमा बुवालाई ब्रिदाआश्रममा राख्ने अनि आफू खुसी भड्किलो जिन्दगी जिउनेहरूका बिच रुमल्लिएको पारिवारिक सम्बन्धमा आधारित रहेको फिल्म रहेको छ सुख-दुख l फिल्ममा श्रीकृष्ण हजुरबुवा -आमालाई माया गर्ने नातिको रोल्लमा छन् l पारिवारिक पृष्ठ भूमि सँगै सुरु भएको फिल्मले जिन्दगीलाई सुख-दुख समिश्रणको रूपमा व्याख्या गरेको छ l फिल्म मुलत तिन पुस्ताको कथा वरिपरि घुमेको छ l फिल्ममा स्वर्गीय शिव रेग्मीको निर्देशन तथा लेखन रहेको छ l मदन कृष्ण श्रेष्ठ , मिथिला शर्मा , झरना थापा ,स्वर्गीय केशव भट्टराई लगायत कलाकारहरूको फिल्ममा अभिनय रहेको छ l

'जीवन रेखा' मुल त पारिवारिक प्रेममा आधारित छ l फिल्ममा श्रीकृष्ण एक आज्ञाकारी सन्तानको भूमिकामा छन् l आमा-बुवाको आफ्नो सन्तानप्रतिको प्रेम - अभिभावकत्व र सन्तानको आमा-बुवाप्रतिको जिम्मेवारीलाई फिल्ममा निकै कलात्मक र मार्मिक ढंगले देखाउन खोजिएको छ l फिल्ममा श्रीकृष्ण सँगै निर शाह ,बिपना थापा,सुनिल थापा,रेखा थापा लगायतको अभिनय रहेको छ l सुरज सुब्बा नाल्बोको कथा र प्रदीप श्रेष्ठको निर्देशन फिल्ममा समावेश छ l

जीवनको महत्त्व दर्साउने अर्को फिल्म हो 'पाहुना' l बादी समुदायको समेत थोरै कथा समेटिएको फिल्ममा उनी एक गायकको रूपमा देखिएका छन् l फिल्मले 'हामी यस संसारका पाहुना मात्र हौ l एक दिन त सबैले संसार छोड्नै पर्छ l त्यसैले सबैलाई माया गर्नुपर्छ भन्ने कुरालाई जोड् दिन्छ l फिल्ममा श्रीकृष्ण सँगै करीश्मा मानन्धर , दिलीप रायमाझी ,झरना थापा ,केशव भट्टराई लगायत कलाकारहरूको अभिनय रहेको छ l शिव रेग्मीको लेखन तथा निर्देशनमा बनेका यस फिल्मका गीतहरू पनि चर्चित छन् l

फिल्म 'कोहिनुर' स्वर्गीय श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म रहेको छ l उनको मृत्युको समयमा प्रदर्शनमा आएको यस फिल्मले उक्त समय नेपाली फिल्मको इतिहासमै सर्वाधिक रेकर्डहरू तोडेको थियो l यस फिल्ममा उनी आफ्नो जीवन सँगिनी नायिका श्वेता खडका सँग देखिएका थिए l कोहिनुरमा श्रीकृष्ण एक यस्ता युवाको भूमिकामा देखिएका छन् l जसले चेलीबेटी बेचबिखनको जालोलाई तोडी दिन्छ l नेपाल बाट भारतको कोठीमा पुर्याइएका चेलीबेटीको कथा समेटिएको छ l यस फिल्ममा श्रीकृष्ण र श्वेताको अलावा मिथिला शर्मा, सम्राट् सापकोटा लगायत कलाकारहरू अभिनय गरेका छन् l आकाश अधिकारीले कथा लेखन र निर्देशन गरेका छन् l