‘द भ्वाइस अफ नेपाल’ तेश्रो सिजनको उपाधि किरण गजमेरले जितेका छन्। शनिवार भ्वाइस अफ नेपालकै सेटमा भएको ग्राण्ड फिनालेमा उनले सबैभन्दा धेरै भोट ल्याएर ‘द भ्वाइस’को उपाधि जितेका हुन्। गत साता भएको सेमिफाइनलबाट ८ जनाको प्रतिस्पर्धात्मक शोबाट उत्कृष्ट चार जना फाइनलमा चरणमा प्रवेश गरेका थिए । टिम प्रमोद बाट किरण गजमेर, टिम राजुबाट तारा श्रीष मगर ,टिम तृष्णाबाट ज्वाला राई र टिम दीपबाट दार्जलिङका आर्यन तामाङ, ।उनीहरूले गरेको प्रस्तुति र दर्शकको भोटिङको आधारमा गजमेर विजेता बन्न सफल भएका हुन् l 'द भ्वाइस अफ नेपाल सिजन–३' को प्रसारण साउन ३१ गतेबाट हिमालय टिभीमा प्रसारण हुँदै आएको थियो । यसअघि सिजन १ मा स्याङ्जाका सिडी विजय अधिकारी र सिजन २ मा झापाका राम लिम्बूले उपाधि जितेका थिए । दर्शकबाट अत्यधिक रुचाइएको द भ्वाइस अफ नेपाल हिमालय टेलिभिजन र द भ्वाइस अफ नेपालकै अफिसियल युट्युब च्यानलबाट प्रसारण हुँदै आइरहेको छ l