निर्देशक मुकुन्द भट्टले आगामी फिल्म 'एक्स ९' मा नायक अनमोल केसीलाई अनुबन्धित गरेका छन् l केही समय देखी नै अनमोललाई यस फिल्ममा अफर गरेका उनले गत शनिवार मात्र अनमोल सँग कागजी सम्झौता गरेका हुन् l अन्य फिल्मको तुलनामा अनमोलले यस फिल्ममा सबै भन्दा बढी पारिश्रमिक लिएका छन् l नयाँ वर्ष २०२२ जनावरी बाट छायाङ्कनमा जाने फिल्मलाई गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण गर्न लागिएको हो l नेपालसँगै युरोप, आबुधाबी र क्यानडामा फिल्मको लोकेसन सेट गरिएको छ l यसअघि अनमोल आफ्नै होम प्रोडक्सनको ‘पारस, एन्टी हिरो र माइतीघर २’ मध्ये एउटा फिल्मको छायाङ्कन पूरा गर्ने योजनामा छन् । नेपालकै सबैभन्दा ठुलो एक्सन-थ्रिलर फिल्म दाबी गरिएको ‘एक्स ९’ को कथा मुकुन्द भट्ट र किंग योगीले तयार पारेका हुन् । ठुलो क्यान भासमा एक्सन केन्द्रित फिल्ममा मुकुन्दले अनमोललाई शीर्ष भूमिकामा राखेर काम गर्न लागेका हुन् । फिल्ममा अनमोलको अलावा सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, राज कटुवाल, अर्पण थापा, नवीन लम्साल, फजिल अहमदको साथमा नयाँ कलाकार प्रियंका थापाको पनि मुख्य भूमिका रहने छ ।दिनेश भट्ट कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा राजीव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र सोनु खत्री रहेका छन् । यसो त यस फिल्ममा भारितय अभिनेता सुनिल शेट्टी पनि देखिँदै छन् l हाल निर्माण टिम शेट्टी सँग छलफल गरिरहेका छन् l मौखिक सम्झौता भएता पनि लिखित भने भई सकेको छैन l उनीसँग एग्रिमेन्ट गर्न निर्माण टिम चाँडै भारत जाने तयारीमा छ । फिल्ममा सुनिल खलनायकको पात्र निभाउने खबर केही समय देखी नै चर्चाको विषय बनेको थियो l