स्वस्ति श्री गुरुकुल स्कुलले हरेक वर्ष आयोजना गर्दै आएको राष्ट्रिय एकल नाटक महोत्सव यस पटक फरक शैलीमा हुने भएको छ। कोभिडका कारण बालबालिकालाई  थिएटरमै गराउन सक्ने अवस्था नभए पछि स्वस्तिले राष्ट्रिय बाल एकल नाटक महोत्सव भर्चुअल रूपमा गर्न लागेको हो l त्यसका लागि बालबालिकाले सम्पादन नगरिएको, एक सटमा लिएको ३ देखि ५ मिनेटको नाटकको भिडियो खिचेर पठाउनुपर्ने छ l साथै,नाटकमा अरू चरित्र आएमा माईम गर्नु पर्नेछ l सेप्टेम्बर १ ,२०२१ सम्म भिडियो खिचेर Tanka swosti shree gurukul.edu.np मा पठाउनु पर्ने छ l प्राप्त नाटक मध्येबाट उत्कृष्ट तीन नाटकलाई समान रूपमा नगद ५ हजार रुपियाँसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ l यो महोत्सवमा देशभरिका ६ देखी १५ बर्षका बालबालिकाहरुले आफूलाई मन लागेका विभिन्न विषयमा अभिनय गरेर पठाउन सक्नेछन् ।