हास्य कलाकार जितु नेपाललाई लिएर ‘ड्रिम्स’ फिल्मका निर्माता कपिल रिजालले मुख्य भूमिकामा नेपाललाई अनुबन्धित गरेका छन् l फिल्मलाई कपिलले नै निर्देशन गर्दै छन् l साथै उनको अपोजिटमा नायिका साम्राज्ञीलाई पनि अनुबन्धित गरेका छन् l पहिलो पट्क जितु र साम्राज्ञी स्क्रिन सेयर गर्न लागेका हुन् l पर्दामा जितु र साम्राज्ञीको जोडी हेर्न रोचक हुने देखिन्छ । फिल्म निर्माता तथा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालका छोरा रहेका कपिल नेपाल आएपछि फिल्मको घोषणा गरेर छायांकनमा निस्कने तयारीमा छन् । कपिलले यही फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । फिल्मको नाम भने हाललाई गोप्य नै राखिएको छ l फिल्म कमेडी र लभ स्टोरी जनरामा निर्माण हुने बताइएको छ । आउँदो भदौ १५ गतेबाट छायांकन सुरु हुने फिल्मको लोकेसन भने काठमाडौँ र पोखरालाई लक गरिएको छ l फिल्ममा जितु र साम्राज्ञीको अलावा विजय बराल पनि मुख्य भूमिकामा रहेका छन् l