गायक सनुप पौडेलको स्वरमा ‘मेरा आकाशका तारा’ सार्वजनिक भएको छ ।  गीतमा सन्दीप बस्नेतको शब्द र राज सागरको संगीत छ । अनुप योञ्जनको निर्देशनमा तयार भएको गीतको भिडियोमा निर विक्रम शाह र गौरव बिष्टको अभिनय छ ।

बाबु र छोराको प्रेम र बिछोडको कथा उजागर गरेको गीतको भिडियो ज्ञानेन्द्र शर्मा हुमागाँइको खिचेका हुन् l भिडियोको सम्पादन डिन्सन शाहले गरेका हुन् ।