भारतीय चर्चित अभिनेता अनुपम श्यामको निधन भएको छ । टेलिभिजन साथै ठुला पर्दामा अब्बल अभिनय गर्ने अनुपमको ६३ वर्षको उमेरमा निधन भएको हो l लामो समय देखी किड्नीको समस्या बाट पीडित रहेका उनको अर्गन फेलियरका कारण निधन भएको हो l उनको निधनको खबर निर्माता अशोक पण्डितले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् lउनले ब्यान्डिट क्विन, शक्ति, दुश्मन, सत्या आदि फिल्ममा अभिनय गरेका छन् । गत वर्ष अनुपम श्याम बिरामी भएपछि अस्पताल भर्ना भएका थिए । त्यसपछि उनको भाइले आर्थिक अवस्था कमजोर बनेको बताउँदै आर्थिक सहयोग माग गरेका थिए । ‘मनकी आवाज प्रतिज्ञा’ सिरियलमा ठाकुर सज्जन सिंहको भूमिकाबाट उनी चर्चित बनेका थिए ।