फिल्म ‘बैजु बावरा’ बाट अभिनेत्री दीपिका पादुकोण बाहिरिएकी छन् । पारिश्रमिकमा कुरा नमिले पछि उनी फिल्म बाट बाहिरिएकी हुन् l  फिल्म बाट बाहिरिएको खबर भारतीय संचारमा उल्लेख छ । केही दिन अघि उनले रणवीर सिंह बराबरकै पारिश्रमिक मागेको खबर बाहिरिएको थियो l  उनी बाहिरिए पछि यती बेला फिल्म अन्यौलमा छ l फिल्मलाई सञ्जय लीला भन्सालीले निर्देशन गर्दै छन् l यो उनको ड्रीम प्रोजेक्ट पनि रहेको छ l दीपिका बलिउडकी सफल नायिका हुन् । सफल नायिका नै भएता पनि निर्माणपक्षले पारिश्रमिकमा कन्जुस्याइँ गरे पछि उनले भन्साली सँग ‘बैजु बावरा’ मा सहकार्य नगरेकी हुन् l दीपिका बाहिरिएपछि अब फिल्ममा नायिका को होलिन् भन्ने चासो पनि दर्शकले व्यक्त गरिरहेका छन् ।