चर्चित गायक शम्भु राई र मेलिना राईको आवाजमा नयाँ गीत ‘सानु’ सार्वजनिक भएको छ । गीतमाको शब्द तथा संगित गायक शम्भुकै रहेको छ lशम्भुले यस अगाडि ‘चिठी तिमीलाई’, ‘एनी हौ’, ‘आँखैमा झलझली’ जस्ता चर्चित गीत बजारमा ल्याएका थिए । भिडियो समन अधिकारीले निर्देशन गरेका हुन् ।
पल शाह र निरन्जली लामाको अभिनय रहेको भिडियो सामान्य बनेको छ । भिडियोमा सूर्य लामाको सम्पादन र त्रिलोक लामाको छायाङ्कन समावेश छ l शम्भु राई श्रद्धा रेकर्डिङ युट्युब च्यानलमा भिडियो रिलिज गरिएको छ l