गायक तथा मोडल दुर्गेश थापाले 'बिच्च बिच्चमा ५' सार्वजनिक गरेका छन् l दुर्गेशलाई आवाजमा गायक वसन्त सापकोटाले साथ दिएका छन् l शब्द रचना साथै संगीत गितमा थापा स्वयमकै रहेको छ l काजिस श्रेष्ठको कोरियोग्राफी तथा निर्देशन भिडियोमा देख्न सकिन्छ l डी सिरिजको युट्युब च्यानलमा सार्वजनिक गरिएको भिडियोमा दुर्गेश थापा सँगै पल शाह र बाल कलाकारमा जिविन- जिविस, आयुशी ढकाल, सिमोन कोन्जुले अभिनय गरेका छन् l
बिच्च बिच्चको ४ वटा पार्ट सफल भए पस्चात दुर्गेशले ५ औ पार्टलाई बजारमा ल्याएका हुन् l भिडियोको सम्पादन मिलन बिस्वकर्माको रहेको छ l