हास्य कलाकार जोडी धुर्मस–सुन्तली (कुञ्जना घिमिरे र सिताराम कट्टेल)को स्वरमा तिज गीतको भिडियो सार्वजनिक भएको छ । 'तिमी मेरो शिवजी’ बोलको गीतमार्फत धुर्मुस–सुन्तलीले पहिलो पटक गायनको यात्रा सुरु गरेका हुन् । हास्यात्मक शैलीमा निर्माण गरिएको गीतको शब्द गायक पशुपति शर्माले कोरेका छन l साथै गीतको लय सिर्जना पनि शर्माकै रहेको छ l
भिडियोमा धुर्मुस -सुन्तलिले नै अभिनय गरेका छन् l शुबिहानी फिल्मसको प्रस्तुति रहेको भिडियोमा प्रकाश भट्टको निर्देशन ,राजेश घिमिरेको छायाङ्कन, विष्णु शर्माको सम्पादन रहेको छ l युट्युब च्यानल धुर्मुस–सुन्तलीमा उक्त भिडियोलाई हेर्न सकिने छ l