कमेडी र सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘लभ सर्कल’ को  पहिलो गीत  सार्वजनिक भएको छ । मंगलबार ओएसआर डिजिटलको युट्युब च्यानलमा ‘ओ मैयाँ’ बोलको गीत सार्वजनिक गरिएको हो l गीतमा अंकित बाबु अधिकारी र विद्या तिवारीको संयुक्त आवाज रहेको छ । गायक अधिकारीकै संगीत रहेको गीतको भिडियोमा कलाकारहरु मुकुन भुषाल, पवित्रा आचार्य, नाजिर हुसेन र रिस्ता बस्नेत फिचर छन् । मि टिभीको प्रस्तुतिमा निर्माण भएको यो फिल्मलाई ओम प्रकाश अग्रवाल र रोशन पौडेलले निर्माण गरेका हुन् । कमेडी र सस्पेन्स थ्रिलर जनरामा बनेको फिल्मको निर्देशन वसन्त निरौलाले गरेका हुन् ।

फिल्म आगामी २९ गतेदेखि डिश होम सिनेमा घर च्यानल नम्बर ५५५ मा प्रदर्शन हुने छ l त्यसपस्चात फिल्मलाई दर्शकले अन्य ओटीटी प्लेटफर्ममा पनि हेर्न सक्नेछन् lविनय पौडेलको मुख्य सहायक निर्देशन, अभिमन्यु निरवीको लेखन, राजेन्द्र मोक्तानको कलर, दिव्य सुबेदीको छायांकन, पवित्रा आचार्यको कोरियोग्राफी तथा शाहील खान र मिलन श्रेष्ठको सम्पादन फिल्ममा रहेको छ।