फिल्म ‘आँधी तुफान–२’ को लागि कनिज कोइराला नेपाल आएका छन् l मद्रासबाट केही दिन अगाडि मात्र नेपाल आएका कनिज यस फिल्ममा भिलेन पात्र निभाउँदै छन् l कनीजले साउथ सुपरस्टार प्रभासको भारतीय फिल्म ‘साहो’मा पनि अभिनय गरेका छन् l उक्त फिल्ममा पनि उनले भिलेनकै चरित्र निभाएका थिए l ‘आँधी तुफान–२’ लाई मौनता श्रेष्ठको निर्माण गरेका छन् l साथै फिल्मको कथा पनि उनकै रहेको छ l फिल्ममा कनिजका कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, सन्जित भण्डारी, रवि गिरी, ध्रुव कोइराला, सञ्जय खतिवडा, पुष्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।चक्रबहादुर मगर निर्माता रहेको थ्रीलर र सस्पेन्स विषयमा बन्न लागेको फिल्ममा रामशरण उप्रेतीको छायाँकन,प्रेम चुल्ठेको एक्सन , दिनेश सुवेदीका गीत,रानी शाक्यको स्वर र कमल राईको नृत्य रहनेछ । १६ वर्षपछि ‘आँधी तुफान’ को सिक्वेल निर्माण भएको हो । उपत्यकाको विभिन्न स्थानमा फिल्मको अहिले छायाँकन भइरहेको छ ।