हास्य कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौला सिनेमा हल निर्माणमा व्यस्त छन् । करिब ९ करोड लागतमा निर्माण भइरहेको सिनेमा हल नयाँ बानेश्वरस्थित शंखमुल रोडमा रहेको छ l यस क्षेत्र बाट कमाएको पैसा यसै क्षेत्रमा लगानी गर्ने उद्दस्यका साथ दीपक-दिपाले हल निर्माण गरेका हुन् l 'छक्का पन्जा' टिम समूह पहिला देखी नै मोफसलमा हल खोल्ने तयारीमा थियो । महलको माथिल्लो दुई तलामा निर्माण भई रहेको हलमा दुई/दुई सय गरेर दुई वटा स्क्रिनमा चार सय सिट रहने छन् l कोरोनाका कारण धमाधम हल बन्दै हुने क्रम रहँदा रहँदै पनि नयाँ हल खोल्दा सकारात्मक सन्देश जाने उनीहरूको भनाइ छ l कोरोना संक्रमणको त्रासका कारण हालसम्म २८ वटा सिनेमा हल बन्द भइसकेका छन् । २८ सिनेमा हल बन्द हुँदा प्रति शो ७ हजार सिट घट्छन् । आउँदो चैतसम्म हल निर्माणको सम्पूर्ण काम सक्ने योजनाअनुरूप तीव्र गतिमा हाल सिनेमा हलको काम भइरहेको छ l वितरक तथा प्रदर्शकले नेपालीलाई भन्दा बलिउड तथा हलिउड फिल्मलाई महत्त्व दिने गरेको दीपक–दीपाले प्राय टिप्पणी गर्दै आएका छन् ।