दर्शकहरू यती बेला अभिनेता प्रदीप खड्काको पर्खाइमा छन् l अन्य कलाकारहरूलाई म्युजिक भिडियोमा हेर्न पाएता पनि प्रदीपलाई भने म्युजिक भिडियोमानी हेर्न पाएका छैनन् l म्युजिक भिडियो नआएकोनी हैन l तर उनको म्युजिक भिडियोलाई दर्शकले वास्ता गरेनन् l रिलिजको मुखैमा आएर उनको ‘प्रेम गीत ३’ रोकियो। कोभिड–१९ बाट रोकिएको फिल्म फेरी २०७८ मा प्रदर्शन गर्ने तयारी थियो l तर पुनः दोश्रो पटक फैलिएको कोरोनाले फिल्म रिलिज लाई अन्योलमा पारी राछ l १९ महामारी त्यसपछि लकडाउन नभएको भए गत वर्षको २८ चैतमै चलचित्र ‘प्रेम गीत– ३’ प्रदर्शन भइसकेको हुन्थ्यो । उक्त समयनै प्रदीपलाई हेरेर दर्शकले आफ्नो धोको मेट्न पाउँथे l तर,प्रवर्द्धनात्मक कार्यक्रमहरू भइसकेको र हलमा जान ठिक्क परेको समयमा लकडाउन सुरु भयो । फिल्मको चर्चा यत्रतत्र सर्वत्र नै छ l तर यस वर्षलाई पनि कोरोनाले आफ्नो बनाएको कारण दर्शकले प्रदीपलाई तत्कालाई हेर्न पाउने छाँट देखिएको छैन l प्रदीपको प्रदर्शन हुन बाँकी रहेको अर्को फिल्म हो, ‘प्रकाश' । कोरोना त्रासका कारण सरकारले तत्कालै हल खुल्न अनुमती दिने छाँट छैन । दिइहाल्यो भने पनि निर्माता-निर्देशक जोखिम मोल्न तयार छैनन् l यस् कारण पनि प्रदीपलाई हेर्न दर्शकले लामै प्रतीक्षा गर्नुपर्ने देखिन्छ ।