'सोचे झैँ जिन्दगी रहिनछ' को भाग २ 'यस्तै हो संसार' गीतको भिडियो सार्वजनिक भएको छ । गत सालको ब्लक ब्लस्टर तिजको दोस्रो पार्ट रहेको यस गीतमा संगीतकार खेम सेन्चुरी र गायिका अनिता चलाउनेको स्वर छ । नेत्र अर्यालको शब्द रचनामा गीत बनेको छ l
नवराज उप्रेतीको छायाँकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् । गम्भीर विष्टको निर्देशन एवं कोरियोग्राफी रहेको गीतको भिडियोमा पल शाह, वर्षा राउत, दुर्गेश थापा र अञ्जली अधिकारी फिचर्ड छन् ।