नायक भुवन केसी र शिव श्रेष्ठ एक साथ पर्दामा द्खिदै छन् l १६ वर्ष पछि निर्माता- निर्देशक शोभित बस्नेतले यी दुईलाई एउटै पर्दामा भित्र्याएका हुन् l फिल्म ‘डाँडाको बर पीपल’मा उनीहरूलाई एकसाथ देख्न पाइनेछ । छायाङ्कन हुँदा हुँदै कोरोनाका कारण बिचमा रोकिएको यस फिल्म पुनः भदौ ५ गतेबाट सुरु हुँदै छ l यो फिल्ममा यसअघि नै शिव श्रेष्ठ अनुबन्ध भइसकेका थिए । उनी फिचर गीत समेत सार्वजनिक भइसकेको छ । ६० दिनभित्र फिल्मको छायांकन पूरा गर्ने निर्माण टिमको लक्ष्य छ । फिल्ममा गौरी मल्ल, सलोन बस्नेत, रुविना थापा, राजिवजंग बस्नेतको पनि मुख्य भूमिका छ । सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, रामकाजी घिमिरेको लेखन, शिव मुखिया र एलिस कार्कीको संगीत, रोशन श्रेष्ठको एक्सन रहनेछ । फिल्मलाई नवराज गिरीले निर्माण गरिरहेका छन् ।